रैथाने कलाको संरक्षण अबको आवश्यकता

शिक्षा मन्त्री महावीर पुनले रैथाने कला र संस्कृतिलाई विज्ञानसँग जोड्ने दृष्टिकोण प्रस्तुत गर्नु स्वागतयोग्य कदम हो। तर, विगतका शासकहरू “राष्ट्रवादी” भनेर मौखिक रूपमा घोषणा गर्दै आए पनि व्यवहारमा उनीहरूकै नीतिले रैथाने कला र संस्कृतिलाई धरासायीमा पुर्‍याएको ऐतिहासिक तथ्य लुकाउन सकिँदैन।

नेपालका मौलिक कलाहरू – चाहे ती धातु, काठ, ढुंगा वा परम्परागत हस्तकलामा आधारित किन नहोस् – सधैं केही व्यक्तिहरूको कमिसन र विलासी सोचका कारण क्षीण बन्दै गएका छन्। अहिले पनि सुनचाँदीजस्ता धातुमा आधारित परम्परागत कलालाई ‘लक्जरी कर’का नाममा थिच्ने प्रवृत्ति देखिन थालेको छ। यसले रैथाने सीपधारी कलाकारहरूलाई निरुत्साहित पार्दै कलाको अस्तित्वमै प्रश्न उठाउने खतरा बढाएको छ।

रैथाने कला हाम्रो पहिचान हो, हाम्रो इतिहास र हाम्रो आत्मासँग गाँसिएको सम्पदा हो। त्यसैले यस्तो कलालाई सिध्याउने खेल तुरुन्त रोक्नुपर्छ। सरकार र सम्बद्ध निकायहरूले कर नीति, प्रोत्साहन योजना र शैक्षिक अनुसन्धानमार्फत परम्परागत कलाको पुनर्जीवनका लागि ठोस पहल गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय