सुनचाँदी कार्यदलको आज हुने बैठक अझैँ बस्न सकेन

काठमाडौं । सुनचाँदी व्यवसायीहरुको विद्यमान समस्याहरु समाधान गर्न बनेको कार्यदलको आज हुने बैठक अझैँ बस्न सकेको छैन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईली, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुसहित सुनचाँदी व्यवसायसँग सम्बन्धित यी तीनवटा संघसंस्थाबाट आठ जना सदस्य रहनेगरि असार २६ गते कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई विवाद समाधानको जिम्मा दिएपनि कहिलेसम्म भन्ने समय तोकिएको छैन । तर, साउन २८ गते आज बस्ने भनिएको कार्यदलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले साउन २७ गते हिजो नै बैठक बसेर कार्यदलको कामलाई अन्तिम टुङ्गोमा ल्याउने भनिएको थियो, तर रत्न आभूषण महासंघ र संघर्ष समितिका प्रतिनिधिहरुको अनुपस्थिति हुदाँ बैठक हुन नसकेको बताउनु भयो । आज पनि कार्यदलको बैठकका लागि उहाँहरुको प्रतिक्षामा नै रहेको महासचिव बज्राचार्यले बताउनुभयो ।

सुन तथा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता कर, हीरा तथा बहुमूल्य पत्थरहरुमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको मागसहित लामो समय सुनचाँदी व्यवसायीहरुको आन्दोलन भएपछि व्यवसायी र नेपाल सरकारबीच ६ बुदेँ सम्झौता अनुसार कार्यदल गठन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय