रसाईलीलाई महासंघको झण्डा ओढाएर सम्मान

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीको धर्मपत्नी नीता रसाईलीको पार्थिव शरीरमा महासंघले झण्डा ओढाएर सम्मान गरेको छ ।

महासंघको प्रथम महिला समेत रहनुभएकी रसाईलीको पार्थिव शरीरलाई महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहन सुनार र वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले महासंघको झण्डा ओढाएर सम्मान गर्नुभएको हो।

सोमवार बिहान ४ बजे निधन हुनुभएकी ४८ वर्षीय रसाईलीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि निजी निवास बेलटाँडीमा राखिएको थियो।

प्रथम महिला रसाईलीको पार्थिव शरीरलाई पवित्र धार्मिकस्थल देवघाटमा दाहसंस्कार गरिएको छ ।

यस दुःखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आज नेपाल सुनचाँदी व्यवसायी महासंघले केन्द्रीय कार्यालय समेत बन्द गरेको महासचिव किरणभाई बज्राचार्यले बताउनुभयो।

महासंघले आज मातहतका जिल्ला नगर तथा वस्तुगत कार्यालय एवं तहाँ अन्तर्गतका पसल व्यवसाय बन्द गर्न आह्वान गरेको महासचिव बज्राचार्यले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय