सुनचाँदी व्यवसायी महासंघको पदाधिकारी बैठक सम्पन्न

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं पदाधिकारी बैठक शुक्रवार महासंघको सचिवालय नक्सालमा सम्पन्न भएको छ।

व्यवसायीहरूको तत्कालिन समस्याहरु र समाधानका निम्ति महासंघले लिनुपर्ने निर्णयहरुको सवालमा बैठक सम्पन्न भएको सचिव टुलकप्रसाद विश्वकर्माले जानकारी दिनुभयो।

कर कार्यान्वयनका लागि आन्तरिक राजस्व कार्यालयबाट प्राप्त बिल बिजकको नमूनालाई अनुकूलता अनुसार संशोधन गरि कर कार्यालय पठाउने निर्णय भएको सचिव विश्वकर्माले बताउनुभयो।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, द्वितीय उपाध्यक्ष बुद्धि बहादुर वि.के दियाली, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, सचिवद्वय निर्मल दियाली, टुलकप्रसाद विश्वकर्मा, सहकोषाध्यक्ष पद्म सुन्दर शाक्य, बागमति प्रदेश अध्यक्ष ज्योति रत्न बज्राचार्य, लुम्बिनी प्रदेश अध्यक्ष ध्रुव कुमार गहतराज, सुदुरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछाने, पदाधिकारी सदस्य प्रकाश गहतराजको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय