आगामी शनिबारदेखि नारायणगढका सुनचाँदी पसलहरू बन्द हुने

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आगामी शनिबारदेखि नारायणगढका सुनचाँदी पसल तथा सम्बन्धित व्यवसाय प्रत्येक शनिबार बन्द गर्ने निर्णय गरेको छ। संघले व्यवसायीहरूको एकता, अनुशासन तथा वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको हो।

संघका अनुसार हाल नेपाल सरकारले सरकारी, सार्वजनिक तथा वित्तीय संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गरेपछि व्यवसायिक कारोबारमा प्रत्यक्ष असर परेको छ। यसअघि सोमबार साप्ताहिक रूपमा बन्द हुँदै आएको सुनचाँदी व्यवसाय अब शनिबार बन्द गरिने निर्णय गरिएको हो।

संघले जारी गरेको सूचनामा लगातार दुई दिन सार्वजनिक बिदा हुँदा वित्तीय कारोबार तथा व्यवसायिक गतिविधिमा समस्या उत्पन्न भएको उल्लेख गरिएको छ। त्यसैले चितवन उद्योग वाणिज्य संघको समन्वय तथा विभिन्न वस्तुगत संघ-संस्थासँगको छलफलपछि शनिबार साप्ताहिक बन्द गर्ने सर्वसम्मत निर्णय गरिएको जनाइएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले व्यवसायीहरूलाई आगामी शनिबारदेखि निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै व्यवसायिक एकता र अनुशासन कायम राख्न अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय