आन्दोलनको शक्तिः जिम्मेवारी र आत्ममूल्याङ्कन

सुनचाँदी व्यवसाय, कारखाना, कालिगढ र कर्मचारीका अधिकारका लागि गरिएको आन्दोलन कुनै एक संगठन वा महासंघको मात्र अभियान थिएन । यो सम्पूर्ण क्षेत्रको साझा मुद्दा थियो, जसको सफलता वा असफलता पनि साझा जिम्मेवारीमा पर्छ । तर आन्दोलनको क्रममा देखिएका केही यथार्थले प्रश्न उठाएका छन् – के हामी साँच्चै एकजुट थियौँ ?

महासंघले आन्दोलन रोक्ने मनसाय देखायो भने मात्र यो रोकिन्छ भन्ने मान्यता भ्रमपूर्ण हो। यदि आधारभूत तहमा सबै पक्ष दृढ भएर एकै स्वरमा उभिन्छन् भने कुनै नेतृत्वको मनसायले आन्दोलनको गति थाम्न सक्दैन। तर व्यवहारमा भने त्यस्तो देखिएन । कतिपय व्यवसायीले आन्दोलनकै दिन पसल खोले, जसले आन्दोलनको प्रभाव कमजोर पार्‍यो मात्र होइन, त्यसलाई विभाजनकारी बनायो। परिणामस्वरूप चितवनजस्ता क्षेत्रमा कारवाहीको अवस्था सिर्जना भयो।

आन्दोलन असफल भएको दोष मात्र नेतृत्व वा महासंघलाई दिने प्रवृत्तिले वास्तविक समस्या देखाउँदैन। ‘अरूलाई औँला देखाउँदा आफूतर्फ फर्किएका चार औँला’ भन्ने उखान यहाँ पूर्णतः लागू हुन्छ। प्रत्येक व्यवसायी, कालिगढ र कारखानाको सहभागिता, त्याग र एकताको स्तरको आत्ममूल्याङ्कन नगरी भविष्यको आन्दोलन सफल बनाउने सम्भावना न्यून हुन्छ।

अन्ततः आन्दोलन केवल नारामा होइन, वास्तविक सहभागिता र प्रतिबद्धतामा बाँच्दछ। एकताको शक्ति जति बलियो, परिणाम त्यति नै प्रभावकारी हुन्छ– र त्यो जिम्मेवारी हामी सबैको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय