महासंघको राहत कोषमा सुनचाँदी व्यवसायी संघ चितवनबाट थप १ लाखभन्दा बढी सहयोग

चितवन । बाढीपीडितको राहत तथा उद्धारका लागि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले नेपाल सुनचाँदी व्यवसायी महासंघको राहत कोषमा थप १ लाख २३ हजार ६३० रुपैयाँ सहयोग गरेको छ। यससँगै राहत कोषमा चितवन जिल्ला संघको योगदान ३ लाख २६ हजार ९४२ रुपैयाँ पुगेको छ।

महासंघको एकद्वार राहत संकलन अभियान अन्तर्गत चितवन जिल्ला संघले उक्त रकम कोषमा दाखिला गरेको हो। आज चितवनस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष हेमबहादुर विश्वकर्माले महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्मालाई रकम दाखिला गरिएको भौचर हस्तान्तरण गर्नुभयो।

भौचर ग्रहण गर्दै केन्द्रीय सदस्य विश्वकर्माले विपत्तिको समयमा चितवनका व्यवसायीले देखाएको सहयोग र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो। “पीडितको साथमा उभिनु साझा दायित्व हो। चितवन जिल्ला संघको सहयोगले राहत अभियानलाई थप बल पुगेको छ,” उहाँले भन्नुभयो।

चितवन जिल्ला संघका अध्यक्ष विश्वकर्माले बाढीपीडितको अवस्थालाई ध्यानमा राखेर महासंघको राहत अभियानमा जिल्ला संघबाट थप सहयोग गरिएको बताउनुभयो। विपदको समयमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा चितवन जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.,कोषाध्यक्ष रमेशचन्द्र सदाशंकरलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय