काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर २ लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा २ लाख ८९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।



यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर ४ हजार १८५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।














