बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघद्वारा नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत ११४७ को अवसरमा संघमा आवद्ध व्यवसायीहरुका बीच शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै विश्वकर्माले जलवायुका कारण नेपालीहरुले एक पछि अर्को विपद् भोगिरहनुपर्ने दुःखद् अवस्था सिर्जना भएको बताउँदै विसमपरिस्थितिमा चाडपर्वलाई भड्किलो नबनाई सामान्यरुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले व्यवसायीको हकहितका लागि महासंघ सधै साथमा रहेको बताउँदै राज्यले सोचेअनुसार व्यवसायीको मागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।



कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बिजी एण्ट्स कम्पनीका अध्यक्ष चेतनारायण विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हरि खड्का, बुटवल सुनचाँदी व्यवसायी संघका वरिष्ठ सल्लाहकार जोगलाल विश्वकर्मा, सल्लाहकार सुरेशरत्न बज्राचार्य, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनारले शुभकामना मन्तव्य राख्नुभयो।
त्यस्तैगरी उद्यमी कृषि सहकारीका अध्यक्ष भरत कुमार रसाली, सत्मार्ग सहकारीका अध्यक्ष राम बहादुर रसाली, हामी र हाम्रो बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष डोलराज गहतराज, बुटवल सुनचाँदी महिला समाजका अध्यक्ष सरु खड्का, विश्वज्योति सहकारीका अध्यक्ष रेवन्त विश्वकर्मालगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीहरु पलायन हुनबाट जोगिन समयमै सचेत हुनुपर्ने बताउनुभयो।
बुटवल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष दल बहादुर रिसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर सुनारले धन्यवाद मन्तव्य ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव इन्द्र बहादुर सुनारले गर्नुभएको थियो ।
















