प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रत्ननगर सुनचाँदी व्यवसायी संघको १ लाखभन्दा बढी सहयोग

रत्ननगर (टाँडी) । रत्ननगर सुनचाँदी व्यवसायी संघ टाँडी, चितवन (नगर संघ) ले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

संघले सोमबार सहयोग रकमको चेक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अध्यक्ष गणेश अर्याललाई हस्तान्तरण गरेको हो। संघका अध्यक्ष दीपक विश्वकर्माले प्रमुख जिल्ला अधिकारी अर्याललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले कोषमा रकम जम्मा गरेको महासचिव अर्जुन विश्वकर्माले जानकारी दिनुभयो।

उहाँको अनुसार विपद्को बेला पीडित तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउन सामाजिक उत्तरदायित्व अन्तर्गत संघले सहयोग गरेको हो।

 

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय