सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

महासंघका अनुसार भदौ १० गते आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्पछि व्यवसायीहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम महासंघद्वारा गठित संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निर बहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशर बहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा, कार्यालय प्रमुख राम महर्जन, रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल तथा नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाको उपस्थिति रहेको थियो।

महासंघले संकलित बाँकी रकममा आफ्नै कोषबाट थप गरी विपद्बाट प्रभावित सुनचाँदी व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराउने जनाएको छ।

महासंघले विपद्को कठिन घडीमा साथ दिने सम्पूर्ण व्यवसायी, प्रदेश महासंघ, आबद्ध सदस्य संघ तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विपद् प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना र पुनर्निर्माणमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय