सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय