काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो।
यसअघि सुनको भाउ माघ १५ गते नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



