१४५.६ ग्राम सुन जस्तो देखिने धातु र नेपाली ९ लाख रूपैयाँसहित २ जना पक्राउ

चितवन । १४५.६ ग्राम सुन जस्तो देखिने धातु र नेपाली ९ लाख रूपैयाँसहित जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले १ जना भारतीय नागरिक र १ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

भरतपुर-१, भृकुटीपथमा प्रहरीले बा १५ च ६९२ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट १४५.६ ग्राम सुन जस्तो देखिने धातु र नेपाली ९ लाख रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं २ बस्ने  वर्ष ४३ का टक बहादुर विश्वकर्मा र भारत महाराष्ट्र साङ्लि घर भई हाल भरतपुर महानगरपालिका वडा नं २ बस्ने  वर्ष २५ का आकाश कदम भन्ने विजय घोस रहेका छन्।

उनीहरुलाई बा १५ च ६९२ कार सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय