एनआरएनए जापानसँग महासंघ प्रतिनिधिमण्डलको भेटवार्ता

जापान। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुवास लामिछानेसहित पदाधिकारी तथा प्रतिनिधिहरूसँग भेटवार्ता गरेको छ।

जापान भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले अध्यक्ष किसान सुनारको उपस्थितिमा एनआरएनए जापानसँग भेटवार्ता गरेको हो। भेटका क्रममा नेपाल-जापानबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली व्यवसायी तथा समुदायसँग सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

त्यस अवसरमा व्यापार तथा व्यवसाय प्रवर्द्धनसँगै नेपाली आभूषण क्षेत्रको विकास, अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र आगामी दिनमा सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल भएको महासंघले जनाएको छ।

भेटवार्ताका क्रममा नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वयमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय