आईपीओको तयारीसँगै हिमालयन बुलियनको सामाजिक उदाहरण, बाढीपीडितलाई एक करोड एक लाख सहयोग

काठमाडौँ । हिमालयन बुलियन कम्पनी लिमिटेडले नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

कम्पनीले यसअघि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकोमा त्यसमा थप ८० लाख रुपैयाँ वृद्धि गरी कूल एक करोड एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

कम्पनीका प्रतिनिधिहरूले सहयोग रकमको चेक अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेको उपस्थिति थियो।

सन् २००० मा स्थापित हिमालयन बुलियनले काठमाडौँसहित बुटवल, वीरगञ्ज, चितवन र कञ्चनपुरमा आफ्नो व्यावसायिक उपस्थिति विस्तार गरेको छ। व्यावसायिक विस्तारसँगै कम्पनीले आम नेपालीलाई समेत स्वामित्वमा जोड्ने उद्देश्यले आईपीओ निष्कासनको तयारी गरिरहेको छ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको हिमालयन बुलियनले विपत्तिको समयमा गरेको यो सहयोगले निजी क्षेत्रको सामाजिक भूमिकालाई थप बलियो बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय