काठमाडौं । कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघले आर्थिक वर्ष २०८३/८४ को बजेटले व्यवस्था गरेको नयाँ कर नीतिका विषयमा आफ्ना सदस्य व्यवसायीहरुलाई प्रशिक्षण कार्यक्रम प्रदान गरेको छ । शुक्रबार काठमाडौंको पेप्सिकोलामा सीप प्रवद्र्धन शुल्क र भ्याट बिल विजक सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
संघका अध्यक्ष प्रदीप विश्वकर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।
प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि शाक्यले व्यवसायीहरुले अबलम्वन गर्नुपर्ने विभिन्न नीतिहरु मध्ये कर नीति पनि एक भएकोले यसतर्फ सजग र सचेत हुनुपर्ने खाँचो औंल्याउनु भयो ।
यस संघले सदस्य व्यवसायीहरुलाई सुसुचित गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा उहाँले त्यसको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमुख नारायण प्रसाद रेग्मीले कर प्रणालीको विषयमा सवैले जानकारी राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष वुद्धि गदालले व्यवसायीहरुको हक अधिकारको संरक्षण र संवद्र्धनका लागि संघले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
संघका महासचिव सुब्बा विश्वकर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कोटेश्वरका कर अधिकृत विष्णु सिग्देश प्रमुख प्रशिक्षकका रुपमा रहनु भएको थियो । कोटेश्वर प्रहरी प्रभावका प्रमुख एक बहादुर कुवर लगायतका व्यक्तिहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो ।



