मञ्चद्वारा पत्रकार अमिर रामदाम सम्मानित

चितवन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका चितवनका पत्रकार अमिर रामदामलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले शनिबार सम्मान गरेको छ। गत जेठ १८ र १९ गते काठमाडौंको चन्द्रागिरिमा सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रामदाम केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो।

मञ्चले भरतपुर-२, क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजित विशेष कार्यक्रममा रामदामलाई पुष्पगुच्छा र सम्मानपत्रसहित सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

मञ्चका अध्यक्ष उत्सव खाती वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका संरक्षक टुलक प्रसाद विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मञ्चका पदाधिकारी, कार्यसमिति सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान ग्रहणपछि पत्रकार रामदामले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र व्यावसायिक पत्रकारितामा समर्पित भएर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले सत्य, निष्पक्ष र समुदायमुखी पत्रकारितालाई निरन्तर प्राथमिकतामा राख्दै समाजमा सकारात्मक परिवर्तनका लागि आफ्नो भूमिका सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रामदाम हाल स्वर्ण खबर डटकमको कार्यकारी सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ। राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका रामदाम लामो समयदेखि दलित अधिकार, सामाजिक न्याय तथा समसामयिक विषयवस्तुलाई केन्द्रमा राखेर सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय