GJEPC INDIA का अन्तर्राष्ट्रिय कार्यक्रम सहायक निर्देशक अजय पुरोहितलाई चितवनमा स्वागत

चितवन । भारतको रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद् (GJEPC) का अन्तर्राष्ट्रिय कार्यक्रम सहायक निर्देशक अजय पुरोहितलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले स्वागत तथा सम्मान गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले खादा तथा पुष्पगुच्छा प्रदान गर्दै पुरोहितलाई संघको कार्यालयमा स्वागत गर्नुभएको थियो।

भेटघाटका क्रममा नेपाल र भारतबीच रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धन, द्विपक्षीय व्यापार विस्तार, सीप तथा प्रविधिको आदानप्रदान, अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार तथा व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तृतीय उपाध्यक्ष प्रेम खाती, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलक प्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति विश्वकर्मा, केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका बागमती प्रदेश सचिव रामकृष्ण सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेश सदस्य दिनेश खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष चित्रबहादुर खाती विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव गोपालबहादुर वि.क. थापाले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाल र भारतका सुनचाँदी तथा रत्न व्यवसायीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापारिक सहकार्य विस्तार गर्न यस्ता भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय