मञ्चको नवनिर्वाचित कार्यसमितिलाई सुनचाँदी साकोसद्वारा सम्मान

चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको नवनिर्वाचित कार्यसमितिलाई सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवन (सुनचाँदी साकोस) ले सम्मान गरेको छ। बिहीबार भरतपुर गार्डेन रिसोर्टमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मञ्चका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पुष्पगुच्छा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो।

गत चैत ३० गते सम्पन्न मञ्चको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष उत्सव खाती वि.क. को नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई साकोसले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सुनचाँदी साकोसका अध्यक्ष रूबेन रामुदामुले सामाजिक, व्यावसायिक तथा सामुदायिक हितका लागि सक्रिय संस्थाहरूसँग सहकार्य गर्दै जाने साकोसको नीति रहेको उल्लेख गर्नुभयो। उहाँले धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले समाजलाई एकताबद्ध गर्दै रचनात्मक गतिविधि सञ्चालन गरिरहेको भन्दै नयाँ कार्यसमितिले अझ प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि मञ्चसँग सहकार्य र सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी मञ्चकी उपाध्यक्ष जुना सुनारले सुनचाँदी साकोसले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै यसले नवनिर्वाचित कार्यसमितिलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउनुभयो। उहाँले मञ्चले समुदायको हित, सामाजिक एकता तथा संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक एकता र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो।

साकोसका उपाध्यक्ष टुलकप्रसाद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव निलेनमान शाक्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय