काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल दलित संघको अध्यक्षमा चितवनका सुनचाँदी व्यवसायी विपेन्द्र रामुदामु नियुक्त हुनुभएको छ ।
पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको नेपाल दलित संघको अध्यक्षमा रामुदामुलाई नियुक्त गर्नुभएको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार अध्यक्ष रामुदामुलाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरिएको छ।





