काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अबदेखि वाणिज्य बैंकहरूमार्फत् १०० ग्राम बारको सुन मात्र झिकाउने व्यवस्था गरेको जनाएको छ।
महासंघका महासचिव किरणभाई बज्राचार्यद्वारा जारी परिपत्रमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धिसँगै नेपाली बजारमा समेत दैनिक मूल्य बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।
महासंघमा आबद्ध जिल्ला, नगर, वस्तुगत संघ तथा एसोसिएट सदस्यहरूले अबदेखि आफ्नो कोटा अनुसार १००/१०० ग्रामका दरले मात्र सुन सिफारिस पठाउन सक्नेछन्।
महासंघका अनुसार यस व्यवस्थाले सुन वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउने अपेक्षा गरिएको छ।



