सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख २ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय चाँदीको मूल्यवृद्धि उच्च देखिएको छ । एक सातामै चाँदी १२.९६ प्रतिशतले महँगिएको छ । गत बुधबार चाँदी ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय