ललितपुर सुनचाँदी व्यवसायी संघ र बि.एण्ड बि. हस्पिटलबीच MOU, वैशाख २६ गते बृहत स्वास्थ्य शिविर र रक्तदान

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघ र बि.एण्ड बि. हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यसहित समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

उक्त समझदारी अनुसार संघका सदस्यहरू तथा उनीहरूको परिवारलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा, सहुलियत तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सहकार्यले व्यवसायी तथा व्यवसायीका परिवारको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको संघका अध्यक्ष सुविन बज्राचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष बज्राचार्यका अनुसार दुई संस्थाबीचको सहकार्यको पहिलो चरणस्वरूप यही वैशाख २६ गते संघको सचिवालय भवनमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको छ। कार्यक्रममा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिनेछ भने रक्तदानमार्फत सामाजिक सेवामा समेत योगदान पुर्‍याइनेछ।

यस पहलले सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने र आगामी दिनमा थप सहकार्यका कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय