गैँडाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पदम बहादुर विश्वकर्मा सर्वसम्मत

गैँडाकोट। गैँडाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पदम बहादुर विश्वकर्मा चयन हुनुभएको छ।

आज सोमबार सम्पन्न संघको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँसहित उपाध्यक्षमा अविनास सुनार, महासचिवमा सदिस वि.क., कोषाध्यक्षमा सन्त बहादुर वि.क., सचिवमा प्रदीप श्रीपाली, सह-कोषाध्यक्षमा भीम बहादुर वि.क., सदस्यहरूमा लाल बहादुर सुनार र जयलाल सुनार चयन हुनुभएको छ।

आगामी तीन वर्षे कार्यकालका लागि उहाँहरू सर्वसम्मत चयन हुनुभएको निवर्तमान अध्यक्ष सुरथ सुनारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय