सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशको पाँचौं प्रदेश सभा सम्पन्न

कैलाली । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशको पाँचौं प्रदेश सभा शनिबार सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशका अध्यक्ष सन्तोष लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुवरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि कुवरले सुनचाँदी व्यवसायीका विद्यमान समस्याहरु समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ मार्फत आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मौलिक गरगहनाहरुको बजारीकरणका साथै राष्ट्रियकरणका लागि ज्वलेरी मेला आयोजनाको विषयमा छलफल भएको प्रदेश अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष मदन पन्त, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य गणेश बहादुर विश्वकर्माले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियो ।

सभामा प्रदेश महासचिव रुपक सुनारले प्रगति प्रतिवेदन र प्रदेश कोषाध्यक्ष उमेश सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय