सुन तोलामा ७ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय