नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा चयन हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको पाँचौं अधिवेशनले तिरुवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर विक र महासचिवमा हेम राई, सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कवीरमान सुनुवार र सहकोषाध्यक्षमा कमल बराइली रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा, राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा (ख)लगायत अधिवेशनले १५ सदस्यीय कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष तिरूवाले सुनचाँदी व्यवसायीको हकहित र बजारको शुद्धताका लागि विशेष कार्ययोजना ल्याउने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय