सुनचाँदी व्यवसायी महासंघको १३ औं तथा १४ औं वार्षिक साधारण सभा बुटवलमा आयोजना हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको ११औं कार्यसमितिको बैठकको निर्णय अनुसार आगामी २०८३ साल साउन १६ गते १३औं तथा १४औं वार्षिक साधारण सभा रूपन्देहीस्थित बुटवलमा आयोजना हुने भएको छ ।

महासचिव किरणभाई बज्राचार्यले आज औपचारिक परिपत्र जारी गर्दै महासंघमा आबद्ध सम्पूर्ण जिल्ला संघ, नगर संघ, वस्तुगत संघ तथा एसोसियट सदस्यहरूलाई साधारण सभा बारे जानकारी गराउनुभएको हो ।

परिपत्रमा साधारण सभा तथा अधिवेशन गर्न बाँकी रहेका जिल्ला तथा नगर संघहरूले अनिवार्य रूपमा यही फागुन मसान्तभित्र आफ्नो साधारणसभा तथा अधिवेशन सम्पन्न गरी त्यसको आधिकारिक जानकारी महासंघमा पठाउन स्पष्ट अनुरोध गरिएको छ।

केन्द्रीय साधारण सभालाई प्रतिनिधिमूलक, व्यवस्थित र वैधानिक रूपमा प्रभावकारी बनाउन तल्लो तहका संरचनाहरू समयमै सक्रिय र अद्यावधिक हुनु अपरिहार्य रहेको महासंघको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय