काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारबीच भेटवार्ता भएको छ ।
भेटघाटका क्रममा अध्यक्ष सुनारले सुनचाँदी व्यवसायीका लागि आवश्यक कानूनको तर्जुमा सम्बन्धमा महासंघले लामो समयदेखि गर्दै आएको पहल, सरकारबाट पटक–पटक व्यक्त गरिएका लिखित प्रतिबद्धता तथा सरकारसँग भएका सहकार्यहरुको विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारी पक्षबाट यसअघि गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री कार्की सकारात्मक रहनुभएको अध्यक्ष सुनारले बताउनुभयो ।



