काठमाडौं । सुनचाँदी व्यवसायी रुपदल विश्वकर्मा (राजु धमला)लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूचीमा सुनचाँदी व्यवसायी विश्वर्माको नाम राप्रपाको दलिततर्फ चौंथो नम्बरमा समावेश रहेको छ । उहाँको चुनाव चिन्ह हलो रहेको छ ।
उहाँले देशभरका सुनचाँदी व्यवसायीहरुलाई समानुपातिक तर्फ हलो चिन्हमा मतदान गरी सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँ नेपाल सुनचाँदी व्यवसायी महासंघको तृतीय उपाध्यक्ष समेत हुनुहुन्छ ।



