चितवन। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृतहरूलाई आज बिहीबार संघको कार्यालयमा स्वागत गरेको छ ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले कर अधिकृत सुरेश बरालीको नेतृत्व आएको टोलीलाई संघको कार्यालयमा स्वागत गर्नुभएको हो ।
स्वागत कार्यक्रममा कर अधिकृत सुरेश बरालीले निर्धारित समयभित्रमा विलासिता शुल्क बुझाउन व्यवसायीहरूलाई पहल गरिदिन संघलाई अनुरोध गर्नुभयो ।
त्यसैगरी संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले संघबाट विलासिता शुल्क बुझाउनका लागि सुनचाँदी व्यवसायीहरूलाई पहल गरिने बताउनुभयो ।
कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकिय प्रेस सल्लाहकार अमिर रामदाम, जिल्ला संघका सचिव प्रेम बहादुर वि.कको उपस्थिति रहेको थियो ।
त्यस्तै राजस्व कार्यालयबाट आएको टोलीले आज बिहीबार सुनचाँदी व्यवसायीहरूमा पुराना सुन तथा सुनका गरगहना बेच्न आउँदा बिक्रेताले पेश गर्नुपर्ने विवरणका विषयमा सूचना सम्प्रेषण गर्ने कार्य गरेको छ।











