सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय