काठमाडौं । नेकपा एमालेले रौतहट-४ बाट सुनचाँदी व्यवसायी रामजी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । साह मधेश प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ।
यसअघि उक्त निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी हुनुभएको थियो । उहाँले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको थियो भने रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नुभएको थियो ।




