बुटवल । विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ्ग ग्रुप कम्पनी लिमिटेड (विजिएण्ट्स ग्रुप कम्पनी) को अध्यक्षमा चेतनारायण विश्वकर्मा (विष्णु) सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार कम्पनीको पाँचौं र छैठौं वार्षिक साधारण सभा तथा चौथों अधिवेशनबाट चेतनारायण सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
कम्पनीको उपाध्यक्षमा विक्रम घिमिरे, सचिवमा परिवर्तन विश्वकर्मा, कोषाध्यक्षमा गकुल विश्वकर्मा, सहसचिवमा देवेन्द्र विश्वकर्मा, सह-कोषाध्यक्षमा इन्द्र बहादुर वि.क सर्वसम्मत चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोविन्द प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीको सञ्चालक सदस्यमा जितेन्द्र सिलवाल, जितेन्द्र विश्वकर्मा, राजेश रसाईली, प्रकाश कुमार विश्वकर्मा, दलबहादुर रिसाल, अनुगमन समिति संयोजकमा दीपक कुमार विश्वकर्मा र लेखा समिति संयोजकमा टेकबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।




