राज्यको अहितकारी नीतिको सवालमा महासंघले कुनै प्रतिवाद गरेन : अध्यक्ष विश्वकर्मा

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन–इच्छाकामना गाउँपालिका इकाई समितिको तेस्रो साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभा मुग्लिङ्ग बजारमा सम्पन्न भएको हो ।

इकाईका अध्यक्ष राजु सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले इकाई मातहतका व्यवसायीहरुको समस्याहरु भएमा समाधानका निम्त्ति जिल्ला संघ सदैव तयार रहेको बताउनुभयो ।

राज्यले ल्याएका अहितकारी नीतिको सवालमा महासंघ सशक्त रुपमा प्रतिबाद गर्नुको सट्टा सुनचाँदी व्यवसायीहरुमा लाद्न खोजेको उहाँले बताउनुभयो ।

राजनीतिमा आवद्ध महासंघको नेतृत्वका कारण तमाम व्यवसायीहरुलाई समस्यामा पारेको उहाँले आरोप लगाउनुभयो।

सभामा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उ्रत्सव खाती वि.कको विशिष्ट आतिथ्यता रहेको थियो भने सचिव प्रेम बहादुर वि.कको आतिथ्यता रहेको थियो ।

सभामा इकाई सचिव यम बहादुर सुनारले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन भएको थियो भने रिक्त कोषाध्यक्ष पदमा सुनिता सिलवाल र कार्यसमिति सदस्य पदमा राजु सुनार र कृष्ण खाती मनोनित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय