प्रतिनिधि सभा निर्वाचन: रौतहट-४ बाट सुनचाँदी व्यवसायी रामजी साह सहित ३ जना उम्मेदवार सिफारिस

रौतहट । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष रामजी साह सहित ३ जनाको नाम रौतहट क्षेत्र नम्बर ४ बाट सिफारिस भएको छ ।

आज आइतवार सम्पन्न  नेकपा एमाले रौतहटको जिल्ला कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा सुनचाँदी व्यवसायी रामजी साहको नाम सहित ३ जना नेताको नाम सिफारिस गरेको हो ।

नेकपा एमाले रौतहट ४ का लागि रामजी साह, उद्धव रेग्मी र आरती भण्डारीको नाम सिफारिस गरिएको नेकपा एमाले रौतहटका अध्यक्ष सच्चिदानन्द साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय