काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ।
यो भाउ गत शुक्रबारको दाँजोमा तोलामा २ हजार १ सय रुपैयाँ कम हो । त्यस दिन सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलाको ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार सुनको भाउ गत बिहीबार तोलाको २ लाख ५९ हजार ६ सय, बुधबार २ लाख ६१ हजार, मंगलबार २ लाख ६२ हजार १ सय, सोमबार २ लाख ७० हजार र आइतबार हालसम्मकै सर्वाधिक २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



