प्रतिनिधि सभा निर्वाचन: तनहुँ-१ बाट सुनचाँदी व्यवसायी मोहन सुनार सहित ८ जना उम्मेदवार सिफारिस

दमौली । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य मोहन सुनार सहित ८ जनाको नाम तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ ।

शनिबार सम्पन्न नेकपा एमाले तनहुँको जिल्ला कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा सुनचाँदी महासंघका पूर्व अध्यक्ष तथा दलित नेता मोहन सुनारको नाम सहित ८ जना नेताको नाम सिफारिस गरेको हो ।

नेकपा एमाले तनहुँ १ का लागि मोहन सुनार,भगवती न्यौपाने, पूर्णबहादुर गुरुङ, प्रतापलाल श्रेष्ठ, अनिल पाण्डे, प्रेम कुमार राना, शोभा गुरुङ, राम बहादुर गुरुङ सहितको नाम सिफारिस गरिएको नेकपा एमाले तनहुँका सचिव प्रदीप अघिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय