माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीको अध्यक्षमा पुनः कृष्ण गोतामे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संघको चौथो साधारणसभा तथा चौथो अधिवेशनबाट गोतामे सर्वसम्मत रुपमा तेस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवलाल सुनार, उपाध्यक्षमा ताराबहादुर सुनार, महासचिवमा दुर्गा बहादुर सुनार, कोषाध्यक्षमा ईश्वरी बहादुर सुनार र सचिवमा सीता सुनार चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा कर्ण बहादुर सुनार, प्रेमबहादुर सुनार र छबिलाल वि.क चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा प्रकाश वि.क र अनुगमन संयोजकमा शंकर वि.क चयन हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै पुनः निर्वाचित अध्यक्ष गोतामेले सुनचाँदी व्यवसायीका हकहित संरक्षण, व्यवसायको मर्यादा, पारदर्शिता तथा संघलाई थप शसक्त बनाउने प्रत्रिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलक प्रसाद विश्वकर्माले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुभएको थिायो । महासंघ सचिव विश्वकर्माले देशभरका व्यवसायीहरुले एकताको शक्ति देखाउँदा मात्रै सुनचाँदी व्यवसायी बलियो र सम्मानित बन्न सक्ने बताउनुभयो ।
हालको बदलिँदो आर्थिक परिवेशमा बजारको अस्थिरताका बीच देशभरका सुनचाँदी व्यवसायीहरुलाई व्यवसायिक सुरक्षा, मर्यादा र विकासका लागि एक जुट हुन उहाँले आह्वान गर्नुभएको छ ।
सभामा महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्मा, माडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश विश्वकर्मा, महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, महासंघ बागमती प्रदेश उपाध्यक्ष यमकुमार ल्वागुन, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्मा, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राई, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क, माडी शाखाका संस्थापक अध्यक्ष कमल रामदाम, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामे र सुनचाँदी व्यवसायी महिला समूह माडीकी वरिष्ठ उपाध्यक्ष अन्जु सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शाखा अध्यक्ष कृष्ण गोतामेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिवेशनमा शाखा सचिव दुर्गा बहादुर सुनारले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरी बहादुर सुनारले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन भएको थियो ।






