महासंघले विलासिता शुल्क खारेजी वा संशोधनका लागि अपेक्षित पहल गरेन : अध्यक्ष विश्वकर्मा

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन–पश्चिम चितवन इकाई नं ४ को प्रथम वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभा चनौली पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

इकाईका संयोजक मेख बहादुर विश्वकर्मा (आकाश)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले नेपाल सुनचाँदी व्यवसायी महासंघले विलासिता शुल्क खारेजी वा संशोधनका लागि अपेक्षित पहल नगरेको आरोप लगाउनुभयो । महासंघले देशभरका सुनचाँदी व्यवसायीहरुको माग सरकार समक्ष कडा रुपमा प्रस्तुत गर्न नसकेको कारण यतिबेला व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो ।

उहाँले महासंघको संस्थागत विश्वासमा प्रश्न उठ्न थालेको भन्दै खुलेरै असन्तुष्टि जनाउनुभयो ।

कार्यक्रममा चनौली बजारकी प्रहरी प्रमुख कल्पना सापकोटाले व्यवसायीहरुले सुरक्षाको संवेदनशीलतालाई महसुस गर्दै प्रत्येक पसलहरुमा अनिवार्य रुपमा सिसिटिभी जडानका लागि अनुरोध गर्नुभयो ।

उहाँले बिना बिल सुनचाँदीका गरगहनाहरु खरिद नगर्न सुझाव दिनुभयो ।

सभामा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उ्रत्सव खाती वि.कको विशिष्ट आतिथ्यता रहेको थियो भने इकाईका सल्लाहकार दीपक विश्वकर्माको आतिथ्यता रहेको थियो ।

सभामा इकाई सचिव यम बहादुर घर्ती (मधु)ले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेशमबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन भएको थियो भने साधारणसभाको सहजीकरण नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदामले गर्नुभएको थियो ।

साधारणसभाले इकाईको वर्तमान तदर्थ समितिलाई पूर्ण समितिमा रुपान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय