राष्ट्रिय दलित पत्रकार संघ बागमतीको अध्यक्षमा बसन्त, सचिवमा गोपाल सर्वसम्मत

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा बसन्त परियार (धादिङ्ग) चयन हुनुभएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सभाहलमा मंगलबार आयोजित प्रथम अधिवेशनले बसन्तको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा विष्णु वि.क(भक्तपुर), चण्डिका नेपाली (सिन्धुपाल्चोक), सचिवमा गोपाल विश्वकर्मा (चितवन), सहसचिवमा तीर्थ नेपाली (काठमाडौं), कृष्ण वि.क (काठमाडौं), कोषाध्यक्षमा राजकुमार नेपाली (नुवाकोट) चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा कमल वि.क (काठमाडौं), सुक्रराज मग्राती (धादिङ्ग), विनित तिरुवा (ललितपुर), भरत वि.क (काठमाडौं), अतिना परियार (चितवन) र उपेन्द्र लोहार (काठमाडौं) चयन हुनुभएको संघका संस्थापक तथा कार्यवहाक अध्यक्ष कमल कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मंगलबार नै खादा लगाएर सम्मान प्रकट गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले दलित समुदायको आयआर्जनको कार्यकममा बढी प्राथमिकता दिएको बताउनुभयो । उहाँले संविधानमा उल्लेखित दलित समुदायको हक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री जीतु गौतम, दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजीत श्रीपाइली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद प्रसाद बागचन्द लगायतले राष्ट्रिय दलित पत्रकार संघको गतिविधि तथा कार्यक्रमहरुको बारेमा खुलेर प्रशंसा गर्नुभयो ।

अधिवेशन संघका संस्थापक तथा कार्यवहाक अध्यक्ष कमल कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय