काठमाडौं । सुनको मूल्य सोमबार सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने ६० रुपैयाँ बढेर प्रतितोला चार हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
छापावाल सुन आइतबार प्रतितोला २ लाख ७० हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ८ सय ३५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्य लगातार बढिरहेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



