काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनचाँदी व्यवसायी अमिर सुनारलाई आफ्नो समानुपातिक उम्मेदवार सूचीमा समेटेको छ । पार्टीले समावेशी र क्षमतावान व्यक्तिहरूलाई अगाडि बढाउने नीति अनुरूप सुनारलाई सूचीमा राखिएको जनाएको छ ।
विभिन्न सामाजिक, बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका अमिर बहुआयामिक प्रतिभाका रूपमा परिचित छन् । उनी युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक रूपान्तरण र सकारात्मक सोच प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आएका छन् । उनि सानैदेखि आटिला र साहासी युवा हुन् ।
दशकौंदेखि नेपालमा राजनीतिक गर्दै आएका दलहरुको विकल्पमा बैकल्पिक शक्तिलाई स्थापित गराउनका लागि योग्य, निर्भिक र परिणाममुखी युवाको रुपमा सुनारलाई पार्टीले अघि सारेको छ ।
रास्वपाले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले नयाँ सोच, नयाँ नेतृत्व र योग्य व्यक्तित्वलाई अवसर दिने लक्ष्य लिएको बताउँदै आएको छ । सोही रणनीतिअन्तर्गत सुनारको चयनले पार्टीभित्र उत्साह थपिएको छ ।
पार्टी समर्थकहरू तथा शुभेच्छुकहरूले सुनारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै प्रचार प्रसार गरेका छन् । आगामी निर्वाचनमा उनको भूमिकाले संसद्मा नयाँ ऊर्जा र बहस ल्याउने अपेक्षा गरिएको छ । उनि रास्वपाको स्थापना कालदेखिनै सभापति रवि लामिछानेसंग काँधमा काँध र साथ दिएर अघि बढेका युवा हुन् । उनी पार्टीको संगठन विस्तरका लागि तल्लो तहसम्म खटिएर काम गरेका छन् ।
सुनचाँदी व्यवसायी सुनारले पुस १२ र १३ गते हुने आन्तरिक प्रतिस्पर्धामा मतदान गरिदिन आग्रह समेत गरेका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी बैदेशिक रोजगारीमा गएर नेपाल फर्किएपछि यही केही गर्नुपर्छ भन्ने उदेश्यका साथ सुनचाँदी व्यवसाय गरिरहेका छन् । बाग्लुङको जैमिनीमा जन्मेका अमिरले चितवनमा अध्ययन गरेका हुन् ।




