सुनचाँदी जाँचकी प्रशिक्षण कार्यक्रम शुभारम्भ

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा सुनचाँदी जाँचकी क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ ।

संघका अध्यक्ष सुविन बज्राचार्यको अध्यक्षतामा शुक्रबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका सह-संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष रूपेन्द्रराज शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।

यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकायबिच विश्वासको वातावरण सिर्जना हुने प्रमुख अतिथि शाक्यले बताउनुभयो।

प्रशिक्षण कार्यक्रम ललितपुर उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा आयोजना भइरहेको छ । कार्यक्रमको प्रमुख प्रशिक्षकमा संघका उपाध्यक्ष विपिन शाक्य रहनुभएको छ । कार्यक्रम पुष ११ गते शुक्रबारदेखि दश दिनसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय