जेन्जी आन्दोलनमा ज्यान गुमाएका कालिगढको परिवारलाई सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आर्थिक सहयोग

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा मृत्युवरण हुनुभएका सुनचाँदी कालिगढ स्वर्गीय सन्तोष विश्वकर्माको परिवारलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नगद एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

महासंघले आज उक्त आर्थिक सहयोग स्व. विश्वकर्माकी धर्मपत्नी अमिका विश्वकर्मालाई हस्तान्तरण गरेको हो। सहयोग रकम महासंघका अध्यक्ष किसान सुनारले हस्तान्तरण गर्नुभएको महासंघले जनाएको छ।

जेन्जी आन्दोलनका क्रममा सक्रिय सहभागिता जनाइरहेका बेला स्व. विश्वकर्माको निधन भएको बताइएको छ। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै महासंघले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

महासंघले सुनचाँदी व्यवसाय तथा कालिगढ समुदायको हकहित संरक्षणका लागि सधैं क्रियाशील रहने उल्लेख गर्दै, यस्ता दुःखद घडीमा पीडित परिवारलाई साथ, सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय