माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीको चौथो साधारण सभा तथा चौथो अधिवेशन यही पुष १९ गते शनिबार आयोजना हुने भएको छ।
आज बुधबार संघका अध्यक्ष कृष्ण गोतामेको अध्यक्षतामा बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो । उक्त सभाले संघको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ भने आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
बैठकले प्रतिवेदन लेखन समितिमा अध्यक्ष कृष्ण गोतामे, सचिव दुर्गा बहादुर सुनार र कोषाध्यक्ष ईश्वरी सुनार चयन गरेको छ । बैठकले सदस्यता नवीकरण तथा वितरण कार्यलाई तीब्र बनाउने समेत निर्णय गरेको छ । साधारण सभामा माडीभरका सुनचाँदी व्यवसायीहरू प्रतिनिधिको रुपमा सहभागिता हुनेछन्।
आज सम्पन्न बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष यम कुमार ल्वागुन, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका जिल्ला सदस्य एवं संघका पूर्व अध्यक्ष खिमलाल सुनार र जिल्ला सल्लाहकार एवं संघका संस्थापक अध्यक्ष कमल रामदामको विशेष उपस्थिति रहेको थियो।



