काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



