नेपाल सुनचाँदी व्यवसायी संघ चितवन–पश्चिम चितवन इकाई नं ३ को प्रथम वार्षिक साधारणसभा सम्पन्न

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन पश्चिम चितवन इकाई नं ३ को प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभा शारदानगर टाउनस्थित पिरो सेन्टरमा सम्पन्न भएको हो ।

इकाईका संयोजक विजय सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले सुनचाँदी व्यवसाय केबल नाफामुखी व्यापार नभई हजारौँ व्यवसायी र श्रमिकको जीवनयापनसँग जोडिएको क्षेत्र रहेको बताउनु भयो । सबै व्यवसायी एकताबद्ध भई संस्थागत रुपमा अघि बढे मात्र आफ्‌ना हकहित सुरक्षित गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले कर प्रणालिको जटिलता कारण व्यवसायीहरु मारमा परेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव गोपाल बहादुर वि.क थापाले राज्यले सुनचाँदी सम्बन्धी स्पष्ट र व्यवसायी मैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले इकाईका हरेक समस्याहरु समाधान गर्न जिल्ला संघ सधैं तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा स्वर्ण खबर मिडिया प्रा.लिका अध्यक्ष अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सचिव प्रेम बहादुर वि.क, सहकोषाध्यक्ष भीमप्रसाद वि.क, अस्थायी प्रहरी कार्यालय, शारदानगर टाउनका सहायक प्रहरी निरीक्षक लालबहादुर गुरुङ, शारदानगर टाउन बजार व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान वि.कको विशेष उपस्थिति रहेको थियो।

साधारणसभामा इकाई सचिव लक्ष्मण वि.कले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गंगादेवी गहतराजले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन भएको थियो ।

साधारणसभाले इकाईको वर्तमान तदर्थ समितिलाई पूर्ण समितिमा रुपान्तरण गरेको थियो ।

पश्चिम चितवन इकाई नं ३ मा शारदानगर टाउन, हेल्थपोष्ट, रामपुर, मंगलपूर, फूलबारी, विजयनगर, फूर्तीचोक र भुवन वस्तीका २२ वटा पसलहरु आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय