काठमाडौं। बैंक मार्फत आयात गरिएको सुन मात्र कारोबार गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्देशन दिएको छ ।
आज सोमवार महासंघले एक सूचना सार्वजनिक गर्दै मातहतका जिल्ला संघ, नगर संघ, वस्तुगत संघ र एयोसियट सदस्यहरूलाई सो निर्देशन दिएको हो ।
महासंघका महासचिव किरणभाई बज्राचार्यले सुनचाँदी व्यवसायीहरूले गत कार्तिक महिना देखि बैंकहरूले आयात गरेको सुनबाट कारोबार नदेखिएको कारण व्यवसायीहरूलाई बैंकको सुनबाट मात्र कारोबार गर्न अनुरोध गर्नुभएको छ।



